काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बीएनएकी स्मृति खत्रीले १३ अंक जोडिन् ।
सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ तथा एचएचसीएले बेल मोन्टलाई २९–१४ ले हराए । एलएनएकी सदिक्षा गुरुङ तथा एचएचसीएकी सरा राईले समान ८–८ स्कोर गरे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई २०–१०, गोल्डेनपिकले पारामाउन्टलाई २२–७, ओडिसीले ग्रिनल्यान्डलाई १७–१४ र स्किब्सले एचएचसीएलाई १९–१० ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले ९, गोल्डेनपिकका अमन गुरुङले १०, ओडिसीका सुहान तामाङले ७ र स्किब्सका सोहन ठकुरीले ८ अंक जोडे ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीको एक मात्र प्रतिस्पर्धामा ओडिसीले काठमाडौं ग्लोबलमाथि १३–८ को जित दर्ता ग¥यो ।