नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

काठमाडौंमा बुधबार मदन(आश्रित स्मृति दिवसमा उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताएका हुन् ।

‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्