काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।
सवा १२ बजेपछि सुरु भएको बैठक आरम्भ भएको जानकारी सभामुख देवराज घिमिरेले गराए लगत्तै एमालेका सांसदहरु उभिएर विरोध जनाएका हुन्।
नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा एक सांसदले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलारीको नाममा पितलको जलारी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गर्दै बैठक अवरोध गरेको हो ।
एमालेका प्रमुख सचेतक पदम गिरीले सभामुखले उक्त विषयमा जवाफ दिन रुलिङ नगरी बैठक अघि बढाउन खोजे वेल घेर्ने चेतावनी दिएका छन् ।