काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन् ।
मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन् ।
उनले ४६ सालपछिका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गर्ने समेत बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे ।
राज्यको नेतृत्वमा बस्नेहरु नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङमार्फत हुने भ्रष्टाचारविरुद्ध दह्रोसँग उभिने संकल्प गरेको बताए ।