विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान



काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले पाएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई पार्टी प्रवक्तामा प्रवक्तामा नियुक्त गरेको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन प्रमुख नवराज थापाले जानकारी दिए ।

त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन ’का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्