प्रधानमन्त्रीका कारण संसद बन्द भयो : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संसद बन्द भएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।

त्यस्तै उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्