काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
संसदको अवरोध खुलाउने विषयमा सिंहदरबारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता थियो ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ ।