ससंदमा एमालेद्वारा गृहमन्त्री श्रेष्ठको राजीनामा माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले पटक पटक सुन तस्करी भइरहेको र यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको भन्दै तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्