किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् ।
विश्व ¥याङकिङ जि २ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् । प्रतियोगिता अगष्ट २ देखि ७ तारिखसम्म हुनेछ ।
उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिकान निर्वाह गर्ने छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।