काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित बनाउन नहुने बताएका छन् ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दूषित बनाउन नहुने बताएका हुन् ।
राजनीतिमा लागेका केही व्यक्ति खराब हुनसक्ने भएपनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनले बताए । ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न द्रूत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे । उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा बढि बढ्नुपर्ने उल्लेख गरे ।