कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न आज मध्याह्न १२ बजे नयाँ बानेश्वरमा समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले हिजो बोलाएको प्रतिनिधिसभा बैठक आजका लागि सारेका थिए ।

१०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक चल्न नदिने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्