काठमाडौँ । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले दाबी पेस गरेका छन्।
मंगलबार बहुमत सदस्यसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेस संसदीय दलका नेता थापाले दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गरेका हुन्।
थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन जनाएका छन् ।