काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् ।
प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमालेले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका हुन् ।
बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरेका छन् ।
सांसद श्रेष्ठले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म राष्ट्रिय सभाको बैठक अगाडि बढाउन नहुने उनको भनाइ थियो।