कराते टोली भारत प्रस्थान



अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली बिहीबार भारतको नयाँ डिल्ली प्रस्थान गरेको छ ।

करातेको राष्ट्रिय ‘बी’ टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । अगष्ट ११ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा सुविन खत्री, तेन्जिङ शेर्पा, आशिष थापा, प्रवीण मानन्धर, पुष्पका लामा, मनीषा चौधरी, आशिका राई, सानुमाया थिङ, प्रभात रोका मगर र छोङला शेर्पाले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा ओमकृष्ण प्रसाईं, व्यवस्थापकमा मजेन्द्र सिंह, अफिसियलमा सानोभाइ लामा, प्रशिक्षकमा शिवराम कारन्जित र निर्णायकमा श्रृजन अधिकारी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्