ललिता निवास प्रकरणमा मेरो कुनै संलग्नता छैन : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आज युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

उनले जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ ।’

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर हल्ला चलाएकाले पूर्वनिर्धारित युरोपका केही देशका भ्रमण कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्