नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोमा भएको राष्ट्रिय अफिसिएटिङ स्कुल सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी थिए । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ ।
आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ/एटीपी/डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यहवारिक र सैद्धान्तिक ज्ञान दिएका थिए ।
अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा भएको तीदने कार्यक्रमका सहभागीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।