ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री भट्टराईद्वारा सीआईबीलाई जवाफ



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई प्रष्ट पारेका छन् ।

हिजो साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नै निवासमा बोलाएर भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे जानकारी गराएका हुन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले आफ्नो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्य जानकारी आफ्नो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

उनले सो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बन्नसक्ने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्य जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस्