विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संसदबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताए ।
संसदबाट पारित गर्नु उपयुक्त हो होइन भनेर त्यसबेला सोच्नुपर्ने भन्दै सदनबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा दुविधा नरहेको बताए ।
उनले एमसीसी पास गर्ने बेला गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्राको संज्ञा दिए ।