कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने



काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा भोलिदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट हालेको थियो ।

सोही मुद्दामा आज न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेशी तोकिए पनि थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी मल्ल र माथेमाको इजलासले भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको हो।

एमाले संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराएको उक्त रिट यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि खतिवडाले हेर्न नमानेपछि आजका लागि पेशी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्