काठमाडौं । ज्ञान निकेतन तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनल प्रवेश गरेको छ । ज्ञान निकेतनले सेन्ट पाउललाई ३९–१८ ले पराजित ग¥यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरलेले १५ अंक जोडे ।
जुनियर ब्वाइजमा एआईएले नेरिकलाई २२–१८, ज्ञान निकेतनले सनसाइनलाई २५–१५, आयोजक केएमसीले इनोभेटिभलाई १६–१४ र पुष्प सदनले बाल दीक्षा सदनलाई २०–१२ ले हराए । एआईएका प्रणव शाहले १२, ज्ञान निकेतनका दिप्सन अधिकारीले १५, केएमसीका स्वप्निल पराजुलीले ८ र पुष्प सदनका राघव डंगोलले १० स्कोर गरे ।
सिनियर गल्र्समा रिलायन्सले केएमसीलाई ३०–२०, चेल्सी वल्र्ड स्कुलले बाल दीक्षा सदनलाई ३०–१५ र एसीसीएसले इनोभेटिभलाई २०–१७ ले पन्छाए । रिलायन्सकी एलिशा तामाङले १०, चेल्सीकी डेनिशा थापाले १५ र एनसीसीएसकी विभाले १२ अंक बटुले ।