सेप्टेम्बर २२ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारण सभा तथा निर्वाचनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल सेप्टेम्वर ६ तारिख मेक्सिकोको क्यानकुन प्रस्थान गर्दै छन् ।
नेपाल टेनिस संघले अन्तर्राष्ट्रिय टेनिस महासंघको ‘सी’ क्लास मेम्बरसीपबाट ‘बी’ क्लासको मेम्बरसिप प्राप्त गरेसंगै नेपालले सन २०२३ देखि पुरुष डेभिस कप तथा महिला बेली जिन किङ कप टेनिस प्रतियोगितामा सहभागिता जनाउन पाएको र अन्तर्राष्ट्रिय टेनिस महासंघको निर्वाचनमा मताधिकार पनि प्राप्त गरेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । महासचिव मुललाई संघकी अध्यक्ष ज्योती राणाले एक कार्यक्रमबीच विदाइ गरिन् ।