पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल



पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काष्ठमण्डप क्लब विजयी भएको छ । केसीसी क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै केसीसी दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित ४० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । यो खेलमा काष्ठमण्डपका सुजन थापा ‘म्यान अफ दि म्याच’ बने ।

यसैगरी आजै भएको दोस्रो खेलमा हिलसाइड कलेजले जियोम्याट्रिक कलेजमाथि ५–४ गोल अन्तरको कठिन जित निकालेको छ । सिनामंगलमा रहेको अर्किड कलेजको फुटसल कोर्टमा हिलसाइडका लागि सुनिल श्रेष्ठ र रविन कटुवालले दुई–दुई गोल गर्दा जय प्रकाश बानियाँले एक गोल गरेका थिए । जियो म्याट्रिकका लागि नरेन्द्र बुढाले २ गोल गर्दा नविन श्रेष्ठ र विपिन अधिकारीले एक एक गोल गरे । हिलसाइडका रविन कटुवाल ‘म्यान अफ द म्याच’  बने ।

यस्तै, तेस्रो खेलमा एसियन कलेजले सगरमाथामाथि ९–० गोलको एकतर्फी जित निकालेको थियो । एसियनका रसिद छुस्याबाग म्यान अफ द म्याच बने । त्यसैगरी कान्तिपुर युनाइटेड कलेजको ‘ए’ टिमले अर्किड कलेजमाथि ९–४ गोल अन्तरको जित निकालेको थियो । कान्तिपुरका विकास तामाङ ‘म्यान अफ दि म्याच’ बने ।

प्रतिक्रिया दिनुहोस्