काठमाडौं । सांसदहरुले चीनले हालै जारी गरेको नक्सामा नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा पारिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कूटनीतिक नोटमार्फत चीनलाई नेपालको नक्साबारे जानकारी गराउन माग गरे ।
उनले भने, ‘चीनले नयाँ नक्सा जारी गरेको छ । नेपाली भूभाग भारतमा परेको छ । कूटनीतिक नोटमार्फत छिमेकीलाई नेपाली भू(भाग नेपालकै नक्सामा राख्न पहल गर्न अनुरोध गर्दछु।’