काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्यान्डको लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले सुवेदीलाई स्विट्जरल्याण्डको लागि नेपालको आवासीय राजदूत, सयुंक्त राष्ट्रसंघको लागि नेपालको स्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।