प्रधानमन्त्रीले गरे १३ देशका कूटनीतिक नियोग प्रमुखसँग अन्तर्क्रिया



काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर २ दिने उच्चस्तरीय अन्तर्क्रिया आज सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका हुन् ।

आज र भोलिका लागि तय भएको अन्तर्क्रियामा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित छन् । अन्तर्क्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तरक्रियात्मक रिपोर्ट प्रस्तुत गर्नेछन् ।

अन्तर्क्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमा सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्‍त अवधारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्