नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने



काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

यस्तै, सरकारले नेम्वाङको दाहसंस्कारका दिन सार्वजनिक बिदा दिने भएको छ । नेम्वाङका छोराहरु विदेशमा रहेकाले नेपाल आएपछि जुनदिन अन्त्येष्टि हुन्छ सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि एमाले मुख्यालय च्यासलमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्