बुद्धि र सुस्मितालाई स्वर्ण



नेपाल आर्मीका बुद्धिमान गुरुङ र प्राइम कलेजकी सुस्मिता खड्काले दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । दुवै जुनियर यु–१९ सिंगल्समा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइज बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेत दोश्रो तथा नेपाल प्रहरी क्लबका गनञ्जय दाहाल र आर्मीका हिमाल विष्ट तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा एभीएमकी वियंका राईले रजत तथा मोर्डन कलेजकी दिया देउला र आर्मीकी याङ्गी पौडेलले कांस्य हात पारे ।

प्रतिक्रिया दिनुहोस्