काठमाडौ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र शुरु भएको छ ।
अधिवेशनको दोस्रो दिन प्रज्ञा भवनमा बन्द सत्र सञ्चालन गर्नका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य रहेका छन् ।
बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्ययोजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत हुने नेता शेरबहादुर तामाङ बताए । प्रतिवेदनमाथि छलफल सकिएपछि आजै साँझबाट निर्वाचन प्रक्रिया थालिने उनले जनाए ।