काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा जान नचाएको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरू अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने अवस्था रहेको बताए ।
ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको टिप्पणी गरे ।
त्यस्तै ओलीले कोशी प्रदेश मध्यावधिमा जानसक्ने अवस्था नरहेपनि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने दावी गरे ।