नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनबाट पूर्व केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेल निर्वाचित भएका छन्। नेकपा एमालेका दुई केन्द्रीय सदस्यहरु रामेछापका कैलाशप्रसाद ढुंगेलले (६९६) भारी मतान्तरले मकवानपुरका कृष्ण प्रसाद दाहाल (४२९) लाई पराजित गरेका हुन्।
उद्घाटन सत्रमा आफ्नो मन्तब्य राख्दै पार्टी अध्यक्षले लिष्ट वितरण गर्न निषेधित गरेको भएपनि ढुंगेल समूहले जिल्ला-जिल्लाबाट निष्ट वितरण गरी मतदानको लागि दवाव दिएका थिए।
चुनावी प्रतिष्पर्धामा रहेका चार उपाध्यक्ष मध्ये ढुंगेल समूहकै चितवनका दावा दोर्जे लामाले ६१५ मत ल्याउँदा निकटतम प्रतिद्वादी दोलखाका ईश्वर चन्द्र पोखरेलले २२१ मतमा चित्त बुझाउनु पर्यो।
बागमती प्रदेशको सचिवमा ललितपुरका नवराज सिलवालले ५६८ मत ल्याउँदा सिन्धुपाल्चोकका हस्त बहादुर पण्डितले ५६७ मत ल्याए। बागमती प्रदेशको निर्वाचनमा सबैभन्दा प्रतिष्पर्धी भएको सचिव पदमा ललितपुरका पूर्व सांसद रहेका सिलवालले १ मतान्तरले विजयी भई सबैलाई चकित बनाए। गुट र उपगुटमा खासै नखुलेका सिलवाललाई भन्दा पण्डितलाई दुङ्गेल समूहले आफ्नो समूहको भनी प्रचार गरेका थिए।
पुरुषतर्फको उपसचिव पदमा ८ जनाको प्रतिष्पर्धा रहेकोमा ललितपुर कै प्रेम बहादुर महर्जनले ३६७ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी सिन्धुपाल्चोक कै टासी लामाले २३२ मतमा चित्त बुझाउनु पर्यो।
२ जनाको प्रतिष्पर्धा रहेको महिला उपसचिव पदमा काभ्रेकी भक्त कुमारी लामाले ५९९ मत ल्याउँदा काभ्रेकै रिना गौतम ढकालले ५३६ मतमा चित्त बुझाउनु पर्यो। विधार्थी राजनीतिमा समेत शसक्त बनेकी लामाको विजयीलाई युवापुस्ताको प्रतिनिधिको रुपमा छानिएको देखिन्छ।
अध्यक्ष
कैलाशप्रसाद ढुंगेल (६९६)
कृष्ण प्रसाद दाहाल (४२९)
उपाध्यक्ष
दावा दोर्जे लामा (६१५)
ईश्वर चन्द्र पोखरेल (२२१)
सचिव
नवराज सिलवाल (५६८)
हस्त बहादुर पण्डित (५६७)
उप-सचिव
प्रेम बहादुर महर्जन (३६७)
टासी लामा (२३२)
उपसचिव
भक्त कुमारी लामा (५९९)
रिना गौतम ढकाल (५३६)
नेकपा एमाले बागमतीको अन्तिम नतिजा