प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्