भ्रष्टाचारको छानबिन गर्छु भन्दै सरकारले ‘ब्ल्याकमेलिङ’ गर्दैछ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु भनेर ‘ब्ल्याकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्ल्याकमेलिङमा लागेको उनको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर सरकारले ब्ल्याकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्दा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्दा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’

प्रतिक्रिया दिनुहोस्