काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनबाट निर्वाचित कमिटीलाई सपथ ग्रहण गराएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि घेराबन्दी बीच निर्वाचित नेकपा एमालेका नेता नवराज सिलवालले सामाजिक संजालमा सपथ ग्रहणका तस्विरहरु सार्वजनिक गर्दै प्राप्त जिम्मेवारीलाई चुनौती र अवसरको रुपमा चित्रित गर्दै नेकपा एमालेका कार्यकर्ताले दिएको जिम्मेवारीलाई जीवन पर्यन्त समर्पण गर्ने प्रतिवद्धता जनाएका छन्।
नेकपा एमालेको तर्फबाट अघिल्लो निर्वाचनमा संघीय सांसदमा ललितपुरबाट निर्वाचित नवराज सिलवाल एमालेभित्र अनुशासित र सेलीब्रेटी नेताको रुपमा उदाएका छन्। नेपाल प्रहरीको अनुशासनमा रहेर काम गरेका सिलवालले डीआइजीबाट राजीनामा दिएर एमालेको राजनीतिक जीवनमा होमिएका हुन्।
सपथ ग्रहणपछि परिवर्तन खबरसँग छोटो कुरा गर्दै पार्टी सचिव सिलवालले भने, “बागमती प्रदेशमा एमालेको भूमिकालाई शसक्त बनाउँदै पार्टीलाई नयाँ उचाईमा पुर्याएर आउँदो निर्वाचनमा पहिलो पार्टी बनाईनेछ। “