नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन सकेन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन् ।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आज काठमाडौँमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताए ।

उनले बीआरआई नेपालका लागि अवसर भए पनि परियोजनाका केही अप्ठ्यारा नीतिगत व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले यसका लागि छिमेकी चीन तयार हुनुपर्ने स्पष्ट पारे । उनले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्