जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ ।
अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।