काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ ।
कोशी प्रदेश सरकार गठन प्रकियाले निम्त्याएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।
कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि कांग्रेसभित्रको संकट स्पष्ट रुपमा नै देखिएको छ ।