एसीसी यू–१९ प्रिमियर कप : नेपालद्वारा साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य



काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रन बनायो ।

नेपालका अर्जुन कुमालको १ सय ४२ रनको शतकीय पारी खेले भने आकाश त्रिपाठीले ८९ रनको योगदान गरे । यस्तै, दीपक बोहराले २९, विशाल विक्रम केसीले २४ तथा दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले १४–१४ रन बनाए ।

साउदीका मुहमद अमद राजा र मुहमद अहमदले दुई-दुई तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले एक–एक विकेट लिए ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबाबमा छन् ।

प्रतिक्रिया दिनुहोस्