एसीसी यू–१९ प्रिमियर कप : नेपालसँग हङकङ ६ विकेटले पराजित



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्