काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी ११ सोमबार विजयी भएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि ११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलअन्तराले विजयी भयो हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय रेफ्री तथा राखेपका नायब वरिष्ठ अधिकृत ओमनाथ न्यौपानेलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उप मेयर सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो । महानगर दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।