स्नोल्यान्डलाई सफलता



काठमाडौं । स्नोल्यान्डले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार सफलता पाएको छ ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भइरहेको प्रतियोगितामा स्नोल्यान्डले बौद्ध ‘बी’ लाई ९५–६० ले पराजित ग¥यो । स्नोल्यान्डका विजयी गुरुङले २७ अंक योगदान गरे ।

पहिलो क्वाटरमा स्नोल्यान्ड १६–२२ ले पछि प¥यो । बाँकीका ३ क्वाटरमा स्नोल्यान्डले क्रमशः ३१–१२, २७–८ र २१–१८ को अग्रता बनाउदै जित सुनिश्चित ग¥यो ।

पुरुषकै अर्को खेलमा तेन्जिङ शेर्पाको ३३ अंक सहयोगमा बूढानीलकण्ठले बलर्सलाई ११९–९७ ले हरायो । चारै क्वाटरमा अग्रता लिएको बूढानीलकण्ठले क्रमशः २७–१७, ४३–३३, २९–२८ र ३०–१९ को प्रदर्शन ग¥यो ।

प्रतिक्रिया दिनुहोस्