काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा सम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
बैठकमा आफ्नो प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका हुन् ।
उनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक सङ्घर्षमा जानुको विकल्प नभएको बताए । उनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष सुनाउँदै प्रतिपक्षको भूमिकामा पार्टी थप सशक्त हुने बताए ।