आज विहान यहि डिसेम्बर ११ देखि १५ तारिखसम्म मलेसियामा सम्पन्न ३४ औ अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा दुई काश्य दुई रजत गरी चार पदक जितेर नेपाली बक्सिङ्ग टोली स्वदेश फर्केका छन् ।
पदक विजेता टोलीमा ५१ किलो तौल प्रबल उप्रेती र ५७ किलो तौल समुहमा छिरिङ्ग वाङ्दी शेर्पाले रजत पदक जितेका थिए भने ६० किलोमा शुलभ माली र ५४ किलो तौल समुहमा सिंहबीर लिम्बुले काश्य पदक जितेका थिए । साथै टिम व्यवस्थापकमा स्मृति विश्वास र प्रशिक्षक सन्दिप श्रेष्ठ सहभागी थिए ।
उक्त टोलीलाई नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले, महासचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, केन्द्रिय सदस्य बम बहादुर स्याङतान, भत्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष राम चन्द्र प्रजापति, ३ स्टार बक्सिङ्ग प्रशिक्षक दिपक महजर्न, क्ष्द्यब् इलभ क्तबच च्व् राम चन्द्र थापा मगर लगायतले बक्सिङ्ग खेलाडी हरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।