संघीयताबारे नकारात्मक टिप्पणी गर्नु उपयुक्त हुँदैंन : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन् । तर शक्ति र स्रोतको बाँडफाँटबारे भने गम्भीर छलफल गर्नुपर्ने उनले बताए ।

एमालेको झुलाघाट चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अभियानका क्रममा जनताले लोकतान्त्रिक प्रणाली बढी चासो र दृढता राखेको पाएको सुनाए । ‘अहिले संघीयतालाई सफल ढंगले कार्यान्वयन गर्न, त्यसलाई मजबुत बनाउन र सफल बनाउन कोसिस गर्नुपर्छ’, उनले अगाडि भने, ‘अहिलेको चरण त्यो हो । त्यस प्रयासमा हामी सबै लागिरहेका छौं ।’

यसमा (तीनै तहको सरकारले) आ–आफ्नो ठाउँमा राम्ररी काम सम्पादन गर्ने, जनतालाई सेवा र सुविधा पुर्‍याउने र जनताका समस्या समस्या समाधान गर्ने, विकासका काममा अगुवाइ गर्ने र भ्रष्टाचार नियन्त्रण गरेर संस्थाको औचित्यमाथि प्रश्न उठ्न नदिने ध्यान दिनुपर्ने उनले बताए

उनले भने, ‘जनताको माग पनि त्यसप्रकार छ ।’ कुनै कुनै ठाउँबाट नामका प्रश्नमा झमेला खडा गरेको र कुनै ठाउँमा अरु प्रश्न उठाउने काम भएको भन्दै एमाले अध्यक्ष ओलीले यसबारे नेतृत्व तहमा गम्भीर छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्