काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को सातौँ बैठक बुधबारबाट सुरू भएको छ।
तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो। १३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने बताइएको छ ।
एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ। त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो।
एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल, उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।