सिक्किमका निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङलाई मातृशोक



काठमाडौं । सिक्किमका निवर्तमान मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्टका अध्यक्ष पवन कुमार चाम्लिङलाई मातृशोक परेको छ ।

९७ वर्षीय आशारानी चाम्लिङ राईलाई कुनै रोग नभएको र उमेरकै कारण देहावसान भएको पारिवारिक श्रोतले बताएको छ ।

२५ वर्षसम्म मुख्य मन्त्री भएर भारतीय ईतिहासमा आफूलाई स्थापित गर्न सफल पवन चाम्लिङ २०२४ मै हुने निर्वाचनमा मुख्यमन्त्री पदको तयारीमा रहेका छन् ।

नेपालीहरु बीच लोकप्रिय छवि बनाएका पवन चाम्लिङ परिवारलाई परेको शोकमा नेपालका विभिन्न साहित्यक संस्थाहरुले समेत समवेदना व्यक्त गरेका छन् ।

स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङ लगायतका शुभचिन्तकहरु :

प्रतिक्रिया दिनुहोस्