काठमाडौँ । राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच दिउँसो ३ बजे छलफल हुने बताइएको छ ।
माओवादी निकट स्रोतका अनुसार दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।
मंगलबार बेलुका र बुधबार बिहान पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लानुपर्ने बताइरहेका छन् ।
सत्ता गठबन्धनमा पनि कसले कति सिट लिने भन्नेमा विवाद टुंगो लाग्ने सकेको छैन। माओवादी र कांग्रेसका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ।