काठमाडौँ । भारतका विदेशमन्त्री डा.एस जयशंकर काठमाडौँ आइपुगेका छन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।
विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।
यसअघि जयशंकरले २०७७ साल भदौ ४ गते काठमाडौँमा भएको पाँचौँ बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए ।
विदेशमन्त्रीको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारीलगायत रहेका छन् ।