काठमाडौँ । सत्तारूढ गठबन्धनका ठूला चार दलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउने अन्तिम प्रयास भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । आजको बैठकमा सरकारमा सहभागी अन्य साना दललाई बोलाइएको छैन ।
हिजो रातिसम्म बसेको गठबन्धन बैठकले सिट बाँडफाँडको प्रारम्भिक खाका तय गरिसकेको तर जनता समाजवादी र एकीकृत समाजवादी केही असन्तुष्ट रहेकाले त्यसलाई मिलाएर अन्तिम रूप दिने तयारी भइरहेको बताइएको छ ।