काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
आज कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन्।
सिटौलाको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी रहेको छ ।
हिजो बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियो । सिटौला गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।