गौशाला २६ को भन्दै तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्‍यो निलम्बन



काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्‍वपा)का एक जना कार्यकर्ता निलम्बनमा परेका छन ।

रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटालाई निलम्बन गरेको हो ।

आज दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको जनाएको छ । ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्